खामेनी मारिएको ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

समाचार
अमेरिकी राष्ट्रपति Donald Trump ले अमेरिका र Israel को संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गर्नुभएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत खामेनीलाई इतिहासका दुष्ट व्यक्तिमध्ये एक भएको टिप्पणी गर्दै उक्त दाबी सार्वजनिक गर्नुभएको हो।
ट्रम्पले इरानमाथिको बमबारी जारी रहने र इरानी नागरिकका लागि देश फिर्ता लिने अवसर आएको समेत उल्लेख गर्नुभएको छ। उहाँका अनुसार धेरै इरानी सैनिक युद्ध लड्न इच्छुक छैनन्।
तर इरानी अधिकारीहरूले भने ट्रम्पको दाबीलाई अस्वीकार गरेका छन्। इरानको सरकारी स्रोतले खामेनी सुरक्षित रहेको जनाएको छ। स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनीको परिसरमा क्षति देखिएको भनिए पनि उहाँको अवस्थाबारे आधिकारिक रूपमा मृत्यु पुष्टि गरिएको छैन।
यसैबीच, अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न स्थानमा प्रतिआक्रमण शुरू गरेको खबर सार्वजनिक भएको छ। इरानले अमेरिकी सैन्य उपस्थिति रहेका United Arab Emirates, Qatar (दोहा), Bahrain र Kuwait मा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणमा इरानभित्र दुई सयभन्दा बढीको मृत्यु भएको इरानी रेड क्रिसेन्टले जनाएको छ भने एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
तनाव बढ्दै जाँदा मध्यपूर्वका अधिकांश देशहरूले हवाई क्षेत्र बन्द गरेका छन् र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation