इरानले ले अमेरिकी–इजरेली संयुक्त आक्रमणमा परी आफ्ना सर्वोच्च नेता Ali Khamenei मारिएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनमार्फत् सार्वजनिक गरिएको घोषणामा देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाइने जनाइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति Donald Trump ले सामाजिक सञ्जालमार्फत् खामेनेई मारिएको दाबी गर्नुभएको थियो। ट्रम्पले उक्त घटनालाई “न्याय” भएको टिप्पणी गर्दै इरानमाथिको बमबारी जारी रहने संकेत दिनुभएको थियो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हमलामा खामेनेईका परिवारका सदस्यहरू समेत मारिएका छन्। आक्रमणपछि तेहरानसहित विभिन्न सहरमा शोक र आक्रोशका दृश्य देखिएका छन्।
यस घटनापछि इरानले मध्यपूर्वका विभिन्न स्थानमा प्रतिआक्रमण शुरू गरेको जनाएको छ। United Arab Emirates (दुबई), Doha, Bahrain र Kuwait मा रहेका अमेरिकी सैन्य अखडाहरू लक्षित गरिएको विवरण सार्वजनिक भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा इरानभित्र दुई सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ भने एक कन्या विद्यालयमाथि भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको मृत्यु भएको बताइएको छ।
तनाव तीव्र बन्दै गएपछि मध्यपूर्वका धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेका छन्।











