देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

काठमाडौँ । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।
निर्वाचन आयोगले २०८२ फागुन २१ गते बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको बताए। उनले अझै पनि विभिन्न स्थानबाट विवरण सङ्कलन भइरहेकाले अन्तिम तथ्यांक पछि सार्वजनिक गरिने जानकारी दिए।
यसपटकको निर्वाचनका लागि एक करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेका थिए। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका थिए।
आज भएको मतदानमा काठमाडौँ, झापा लगायत केही जिल्लामा तुलनात्मक रूपमा बढी मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation