देशभर मतगणनाको तयारी तीव्र, १६५ क्षेत्रमा अधिकृत कार्यालयमै गणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना देशभरका १६५ निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।
निर्वाचन आयोग का अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित मतदानस्थलबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएपछि सुरु गरिनेछ।
मतगणना सुरु गर्नुअघि सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा सर्वदलीय बैठक बस्ने आयोगले जनाएको छ। सर्वदलीय सहमतिपछि मात्रै मतगणना प्रक्रिया अघि बढाइनेछ।
आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सुरु भएको करिब २४ घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित तयारी गरिएको छ। प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएपछि मात्र समानुपातिकतर्फको मतगणना सुरु गरिने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation