अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अखिल नेपाल महिला सङ्घको अभिवादन

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ ले ११६औँ International Women’s Day को अवसरमा शोषित–पीडित मुक्तिकामी महिला तथा न्यायप्रेमी जनसमुदायलाई अभिवादन गरेको छ।
सङ्घकी अध्यक्ष मीना पुन को हस्ताक्षरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै विश्वभरका महिलालाई शुभकामना व्यक्त गरिएको हो।
वक्तव्यमा सन् १९१० मा Copenhagen मा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने निर्णय गरेको ऐतिहासिक तथ्य स्मरण गरिएको छ। उक्त प्रस्ताव जर्मन समाजवादी नेतृ Clara Zetkin ले प्रस्तुत गरेकी थिइन्।
सङ्घले महिला मुक्ति आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर अघि बढाउनुपर्ने तथा साम्राज्यवादी युद्धको विरोध गर्दै विश्वशान्ति र मानवअधिकारको रक्षाका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
वक्तव्यमा अहिले पनि विश्वभर महिलाले असमानता, बेरोजगारी, गरिबी, हिंसा, बलात्कार र मानव बेचबिखनजस्ता समस्याको सामना गरिरहेको उल्लेख गरिएको छ। यस्ता सबै प्रकारका उत्पीडनका विरुद्ध संगठित संघर्ष गर्नुपर्नेमा सङ्घले जोड दिएको छ।
त्यसैगरी पछिल्लो समय Palestine, Ukraine र Iran माथिका हमलालाई उदाहरण दिँदै साम्राज्यवादी युद्धविरुद्ध विश्वभरका न्यायप्रेमी महिलाले आवाज उठाउनुपर्ने आवश्यकता रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation