खिमराज चालिसे
भारत
भारतको हरियाणा राज्यस्थित हिसारमा मूल प्रवाहको आयोजनामा आज १४ अप्रिल २०२६ मा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले मूल प्रवाह एकता समाजले नेपालीहरूबीच घनिष्ठता बढाउने, साथै विभिन्न चाडपर्व सामूहिक रूपमा मनाउँदै स्वदेशप्रतिको माया अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य नारायण बिक र केहर सिंह घर्ती, क्षेत्रीय सदस्य सुरेश क्षेत्री, क्षेत्रीय महिला सदस्य चन्दा सोमरे, पाल्पा जिल्ला राष्ट्रिय जनमोर्चाकी निरु सारु, चन्द्रप्रसाद गैरे, साथै नगरस्तरीय नेताहरू रामु शर्मा, मनबहादुर घर्ती, दुर्गा ज्ञवाली, सीता पोख्रेल, शान्ता पौडेल, प्रतिभा रोका, विजया पौडेल, नितु खक्का, वासुदेवलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो।











