खिमराज चालिसे
भारत
भारतको हिमाचल प्रदेशस्थित मनालीमा हिजो १३ अप्रिल २०२६ मा मूल प्रवाहको आयोजनामा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
हिमाचल राज्य समितिद्वारा सञ्चालित कुल्लु–मनाली नगर समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राज्य समिति सदस्य रवि पुनको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नगर अध्यक्ष रतनलाल पुन, उपाध्यक्ष कुमार लामा, कोषाध्यक्ष विष्णु शर्मा, सचिवालय सदस्यहरू सानुमाया श्रेष्ठ र टसी तामाङ, एरिया अध्यक्ष राजेन्द्र कुमार खत्री, उपाध्यक्ष बिर्सा मगर, सल्लाहकारहरू टीका लामा र तरमा लामा, भूपू नगर सदस्य जिना शेर्पालगायतको उपस्थिति रहेको थियो।
समारोहमा अतिथिहरूले मूल प्रवाह एकता समाजले प्रवासमा रहेका नेपालीहरूबीच आपसी घनिष्ठता बढाउने तथा विभिन्न चाडपर्व सामूहिक रूपमा मनाउँदै स्वदेशप्रतिको माया अझ प्रगाढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताएका थिए।
कार्यक्रममा लामो समयदेखि अस्वस्थ हुँदाहुँदै पनि व्हिलचेयरमार्फत सहभागी भई भूपू नगर सदस्य जिना शेर्पाले उत्साह र ऊर्जा थपेको नगर सचिव तिलक सिजापतीले जानकारी दिए।
त्यसैगरी प्रमुख अतिथि रवि पुनले संगठन परिचालनका लागि रु ११,००० (एघार हजार) आर्थिक सहयोग प्रदान गरेका थिए।
कार्यक्रम नगर सचिव तिलक सिजापतीको सञ्चालन, कमला शाहीको अध्यक्षता तथा सुनिता कठायतको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।











