खिमराज चालिसे
भारत
भारतको पञ्जाब राज्यअन्तर्गत पटियाला नगर समितिको राजपुरामा आज १४ अप्रिल २०२६ मा मूल प्रवाहको सदस्यता वितरण तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
समारोहमा नगर उपाध्यक्ष नकुल मल्ल, सहसचिव गोपाल सापकोटा तथा सदस्य अर्जुन केसीको आतिथ्यता रहेको थियो।
कार्यक्रममा १४ जना नयाँ सदस्यलाई सदस्यता वितरण गरिएको थियो। वक्ताहरूले आपसी एकता र सद्भावलाई अझ सशक्त बनाउन मूल प्रवाहको पहलमा नयाँ वर्ष मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको बताएका थिए।
उक्त कार्यक्रममा एरिया अध्यक्ष दिलबहादुर सुनार, सचिव राजु बन, कोषाध्यक्ष श्रीमती मनु तामाङ तथा सदस्यहरू कविता मगर, तुल्सीदेवी, श्री सुन्दर चन्द, बलिष्ठ सल्लाहकार रमेश शाहीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सीताराम आरसीको सञ्चालन, विष्णु भुसालको अध्यक्षता तथा स्वागत मन्तव्य राजु बनले राखेका थिए।











