
बागलुङ `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र ३१ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे खारेजी र बिकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीकाे बिरुद्ध स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर घर्तीलाई १६ बुद्दे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा बडिगाड गाउँ समितिका अध्यक्ष बाेम बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बडिगाड गाउँ समितिका उपाध्यक्ष रनमाया थापा, सचिव बिमल श्रीस, सदस्यहरु प्रेम पुन, द्राेण वन, लाल बहादुर छन्त्याल, रेशु थापा लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।