गुफा सहकारिको चौथो अधिवेसन सम्पन्न अध्यक्षमा: पौडेल

रुपन्देही

गुफा कृषि सहकारि संस्था  लिमिटेडको दशौ साधारण सभा तथा चौथो अधिवेशन  वुटवल स्थित एसियन पाटि प्यालेसमा सम्पन्न  भएको छ ।उक्त कार्यक्रमको  सॅस्थाका अध्यक्ष कुन्जरमणि घिमिरेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि लुम्बिनी  प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रि दिनेश पन्थिको आतिथ्यता रहेको थियो । कायॅक्रमको सॅचालन सॅस्थाका सचिव विमल घिमिरेले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष कलाधर पन्थिले गर्नु भएको थियो ।

कार्यक्रममा  वोल्दै पुर्वअध्यक्ष टेकराज पन्थिले सहकारिमा आउन छुटेकाहरु  पनि सहकारिमा गोलबन्द  हुन आव्हान गर्नु भयो त्यस्तै सॅस्थापन अध्यक्ष महेन्द्र गिरीले सहकारिलाई व्यवस्थित तरिकाले अगाडि वढाउनु पर्ने र आएका ऐन नियम अनुसार सॅस्थालाई अगाडि वढाउनुपर्ने वताउनु भयो ।

प्रमुख अतिथि मन्त्री  दिनेश पन्थिले यस गुफा कृषि सहकारिले गरेको प्रगति प्रसॅसनिय रहेको बताउदै  अझै प्रगतिको वाटोमा अगाडि वढाउनको लागि  आफ्नो  मन्त्रालयवाट  सहयोग  रहने   वताउनु भयो ।

कायॅक्रममा अतिथिहरु सॅस्थाका सल्हाकार भिमकान्त पन्थि ,राम प्रसाद पौडेल ,विष्णु गौतम , गुनाराम घिमिरे ,टेकराज पन्थि महेन्द्र गिरी लगाएतको उपस्थिति रहेको थियो ।

अधिबेशनले  चन्द्रकान्त पौडेलको अध्यक्षतामा लेखासमिति सहित एघार जनाको समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा तारा गौतम सचिवमा गोकण राज गिरी ,कोषाध्यक्षमा महेन्द्र घिमिरे, सदस्य हरुमा मधु घिमिरे ,दिपक पौडेल (डोरराज) अनिल पन्थि अमृत घिमिरे हरि पराजुलि रहनु भएको छ भने लेखा समितिको सॅयोजकमा जुना पराजुलि सदस्यमा लक्ष्मि घिमिरे भट्टराई र हरि पराजुलि रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिका सदस्य कृष्ण पन्थि ,र  चिरन्जिवि देवकोटाले टिका र खादा सहित शुभकामना दिनुभएको थियो भने निर्वाचन निर्वाचन मन्डलका सॅयोजकले प्रमाण पत्र वितरण गर्दै नया टिम युवा टिम भएकोले सहकारि लाई अगाडि वढाउने वताउनु भयो सहकारिलाई अग्रजको सल्लाह लिदै सहकारिलाई चुस्त  र दुरुस्त राख्न पनि आग्रह गर्नु भयो ।वन्द सत्रको कायॅक्रम गुनाराम घिमिरेको अध्यक्षता तथा कृष्ण पन्थिको सॅचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation