
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
बुटवल । अखिल नेपाल युवक संघको आठौं राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते बुटवलमा हुने भएको छ ।
हिजो र आज (असोज २ र ३ गते) गरी २ दिनसम्म चलेको संघको राष्ट्रिय भेला तथा प्रशिक्षणले राष्ट्रिय सम्मेलनको मिति तया गरेको हो ।
भेलाले अध्यक्ष कृष्ण पाण्डेद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनसमेत पारित गरेको छ ।
यस्तै, राष्ट्रिय सम्मेलनको तयारीका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
भेला तथा प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा विदेशी हस्तक्षेप गम्भीर रुपमा बढेर गएको बताउनुभयो । उहाँले पहिला भारतीय साम्राज्यवादले नेपालमाथि हस्तक्षेप गर्ने गरेकोमा अहिले अमेरिकी साम्राज्यवाद पनि थपिएको उल्लेख गर्नुभयो ।
‘नेपालमा यसअघि भारतीय साम्राज्यवादको मात्रै हस्तक्षेप थियो । पश्चिमाहरू नेपालमा भारतमार्फत प्रवेश गर्थे । अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्षरुपमै नेपालमा आएको छ’ केसीले भन्नुभयो, ‘विदेशी हस्तक्षेपविरुद्धको संघर्ष अपरिहार्य बनेको छ ।’
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाबाट सञ्चालित भएको पनि दोहोर्याउनुभयो ।
अध्यक्ष केसीले सहकारी प्रकरणमा कांग्रेस, एमाले र माओवादी मिलेर रवि लामिछानेलाई चोख्याएको बताउनुभयो ।
संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुने केसीको भनाई थियो ।
‘यसअघि बनेका आठवटा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन भएन । अब पनि हुने अवस्था देखिँदैन’ केसीले भन्नुभयो, ‘कांग्रेस, एमाले र माओवादीका ठगहरू मिलेर रविलाई चोख्याएका छन् ।’
अध्यक्ष केसीले युवाशक्ति विदेश पलायन भइरहेको भन्दै देशभित्रै रोजगारी र बस्ने वातावरण बनाउन संघर्ष गर्न आह्वान गर्नुभयो । राष्ट्रियता जोगाउने मेरुदण्ड नै युवाशक्ति भएको केसीको भनाई थियो ।
उहाँले संविधानमा विदेशीले घुसाइदिएको संघीयताको भारी अब देशले बोक्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।