
शंकर प्रसाद पोख्रेल
बुटवल ,रुपन्देही ,
राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठकको उद्घाटन सत्रलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाइ प्रदेश संरचना बोझ भएको बताउनुभयको छ।केसीले हाम्रो देशले खर्चिलो प्रदेश संरचना धान्नै नसक्ने भन्दै प्रदेश तहमा लगानी गर्ने पैसा उधोग कलकारखाना स्थापना र कृषिमा लगानि गर्नुपर्ने कुरामा जोड दिनुभयो। केसिले राष्ट्रिय जनमोर्चा सुरुदेखी नै संघीयताको विरुद्धममा रहेको भन्दै नेपाली जनताहरुले संघीयता फाल्नुपर्छ भनेर बल्ल कुरो बुझ्न थालेको बताउनुभयो।अब राष्ट्रिय जनमोर्चा संघीयता बिरोधि आन्दोलन छेड्ने तर्फ संकेत गर्दै त्यसको लागि नेपाली जनताहरुको साथ मिल्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो।केसिले देशमा ब्याप्त भस्टचार बढेको,बेरोजगारी बढेर हजारौं युबाहरु बिदेसिनुपरेको,र दिनानुदिन नेपालीको लास त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बाकसमा आएको ,तर त्यस तर्फ सासक बर्ग र सत्तासिन दलहरुको ध्यान न गएको बरु कसरी लुटेर देश खाने भन्ने तर्फ सत्तासिनहरु लागेकाले देश को अबस्था चिन्ताजनक भएको बताउनुभयो।केसिले नया युबापिढी युरोप , अमेरिकार क्यानडा र जापन तिर पलायन भएको र भारत बाट अबैध रूपमा इन्डियनहरु नेपाल भित्रेर नेपाली नागरिता लिने क्रम जारी रहेको भन्दै अब पनि सचेत नभए देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुने कुरा बताउनुभयो। केसिले यो सरकारले सहकारी ठहरुलाइ कारबाही गर्न नसक्ने ठोकुवा गर्नुभयो।
कार्यक्रममा अखिल नेपाल युबक संघका अध्यक्ष कृष्ण पान्डे ,नेकपा मसाल लुम्बिनी प्रदेशका अध्यक्ष तिलक जिसि,अन्टुकका लोकराज भुसाल,किसानका तुल्सिराम सापकोटा ,महिलाकि लक्ष्मी बास्कोटा,छैठौंका देबेन्द्र कुंवर,तराइ मधेस जनबादी मोर्चाका बद्रे आलम समताका राहेस बिक,जनजातिका अमरधोज राना,बुद्धिजिबिका दुर्गनाथ खरेल,रक्तिमका गिरि प्रसाद बुढा,कानुनका काजिगाउले श्रेष्ठ ,मुल प्रबाहका ठाकुर खनाल,शिक्षकका कमला बन्जाडे,उद्योगका ढुन्डिराज सर्मा,प्रगतिशील पत्रकारका स्यामलाल पोख्रेल ,प्रगतिशील लेखकका राम प्रसाद गैरे,कम्युनिष्ट संग्रहालयका चेतनाथ आचार्य , लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता राजमो कार्यकारी अध्यक्ष रेस्मिराज नेपाली संचालन राजमो महासचिव मनोज भट्ट र स्वागत भासण राजमो उपाध्यक्ष जनकराज सर्माले गर्नुभएको थियो।