गोपाल प्रसाद भट्टराई
अर्घाखाँची
अखिल (छैठौं) अर्घाखाँचीको अध्यक्षमा प्रकाश चुँदाली निर्वाचित हुनुभएको
छ । शनिबार सन्धिखर्कमा सम्पन्न अखिल (छैठौं) अर्घाखाँचीको २७ औं जिल्ला
सम्मेलनले भूमिकास्थान–२, ढाकावाङ्गका चुँदालीको नेतृत्वमा १७ सदस्यिय
नयाँ जिल्ला समिति सर्वसहमत गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा सन्दर्भ खनाल, सचिवमा कविता राना, सह–सचिव
भोजराज खनाल र कोषाध्यक्षमा सुमन पुरी चयन हुनुभएको छ ।
जिल्ला समितिको सदस्यहरूमा पूर्णिमा वि.क., मन्जु पोख्रेल, सन्ध्या राना,
मनोज नेपाली, पुजा बरम्ले मगर, आशिष खनाल र करिष्मा नेपाली छनौंट
हुनुभएको छ । त्यस्तै वैकल्पिक जिल्ला सदस्यहरुमा प्रकृती पाण्डे, सुस्मा
खनाल र बिपना पोख्रेल रहनु भएको छ ।
२७औं जिल्ला सम्मेलनले पुरन नेपाली, जीवन नेपाली र गोविन्द खत्रीलाई
सल्लाहकारमा चयन गरेको छ । भने समितिको पूर्ण, वैकल्पिक र सल्लाहकारमा
एक÷एक जना सदस्य रिक्त राखिएको अखिल (छैठौं) अर्घाखाँचीले जनाएको छ ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अखिल (छैठौं)का केन्द्रिय
अध्यक्ष देवेन्द्र कुंवरले देशका ठुला पार्टीका नेताहरू सत्ता मोहमा
अल्झिएका कारण मुलुक अहिले पनि कठिन मोडमा रहेको बताउनुभएको छ । सत्तारुढ
दलका विद्यार्थि संगठनहरु सत्ता र शक्तिको स्वार्थमा रुमल्लिंदा
युवा÷विद्यार्थि आन्दोलन समेत कमजोर भएको उहाँको तर्क छ । मुलुकको दिगो
विकास र समृद्धिको निम्ति एउटा खबरदारी आन्दोलनको खाँचो औल्याउँदै
अध्यक्ष कुंवरले सम्पूर्ण युवा÷विद्यार्थिहरुलाई दृढ भएर अघि बढ्न आग्रह
गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला
राना, ने.क.पा.(मसाल)का जिल्ला प्रवक्ता पशुपती ढकाल, राष्ट्रिय
जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल युवक संघका
केन्द्रिय सचिव कुलराज खनाल, अखिल (छैठौं)का केन्द्रिय सचिव सरोजमान सिंह
र अखिल नेपाल वुद्धिजीवी संघका प्रतिनिधि कमल प्रसाद घिमिरे लगायतले पनि
सम्बोधन गर्नुभएको थियोे ।
अखिल (छैठौं)का पूर्व जिल्ला अध्यक्ष जीवन नेपालीको अध्यक्षता, प्रकाश
चुंदालीको स्वागत मन्तव्य र कविता रानाको संचालनमा सम्पन्न सम्मेलनलाई
सम्बोधन गर्दै उहाँहरुले राष्ट्रघाती, भ्रष्टाचारीहरूलाई तह लगाउन
युवा÷विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभएको छ ।
जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु समेत
प्रदर्शन गरेका थिए ।











