श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् ।

दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतगणनापछि राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation