मूल प्रवाहको पहलमा दुर्घटना पिडितलाई सहयोग

२२ सेप्टेम्बर २०२४

भारतको चंडिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा सडक दुर्घटनामा गम्भीर घाईते सुसील बिक वर्ष २२ लाई उपचारार्थ आज २२ सेप्टेम्बर २०२४ को भारु २०९८०/- (नेरु ३३५३८) सहयोग गरिएको छ।

२८ अगस्त २०२४ को भारतको उत्तर प्रदेश राज्यको मुरादावादमा सडकमा पैदल हिँडिरहेको बेला अज्ञात वाहनले ठोक्कर हान्दा गम्भीर घाईते भएका थिए । उनि दुर्घटनामा परेको चारदिन पछि पंजाबमा दाजुले थाहा पाएपछि उनलाई मोहालीमा ल्याएर उपचार चलाइरहेका छन।

आर्थिक स्थितीमा निकै कमजोर सुसील बिकको भाउजु कमला बिकले मूल प्रवाहलाई दिएको निवेदनका आधारमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, संचारकर्मी खिमराज चालिसे, सगरमाथा टुर एंड ट्रावल्सका गोपाल बन्जाडेको सक्रियतामा सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो।

उनलाई मूल प्रवाहको पहलमा भारु ६२२०/- चंडिगढ स्थित ट्रावल्सहरु सगरमाथा ट्रावल्सबाट ५०८०/-, सुनौलो सगरमाथाबाट ४३३०/- हिमालयबाट ३४००/- र सुपा देउरालीबाट १९५०/- गरि टोटल भारु २०९८०/- रकम संकलन गरि आज २२ सेप्टेम्बर २०२४ को हस्तान्तरण गरिएको छ।

पिडित सुसील बिक दाङ जिल्लाको घोराहि उपमहानगरपालिका वडा नँ ३ रंगगढा, टिकनेपुर निवासी रहेको भाउजु कमला बिकले बताएकी छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation