मूल प्रवाह चेन्नईको अम्बतुर एरिया भेला सम्पन्न

 

खिमराज चालिसे
भारत
२३ सेप्टेम्बर २०२४

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा संचालित अम्बतुर ‘ए’ एरिया समितिको दोस्रो एरिया भेला हिजो २२ सेप्टेम्बर २०२४ को सम्पन्न भएको छ।

१९ औ सम्मेलन पछिको दोश्रो एरिया भेला मूल प्रवाह दक्षिण भारत क्षेत्रिय सल्लाहकार तथा चेन्नई पश्चिम नगर सह- सचिव नेत्र लाल शर्माले मैन बत्ती बालेर तालीको गड्गडाहट बिच उदघाटन गर्न थियो।
वहाले उद्घाटन भाषणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास र मूल प्रवाहले प्रवासी नेपालीहरूको बीचमा खेलेको भूमिका बारेमा स्पष्ट पार्नु भएको थियो।

भेलामा शुभकामना दिने वक्ताहरुमा विशिष्ट अतिथिको आसनबाट मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, अतिथिहरु चेन्नई पश्चिम नगर उपाध्यक्ष शशी थापा मगर, पश्चिम नगर कोषाध्यक्ष एक देव शर्मा, पश्चिम नगर सदस्य प्रकाश नेपाली, पश्चिम नगर सचिव किशोर शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

भेलाद्धारा निर्वाचित समितिको घोषणा मूल प्रवाह क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सचिब किशोर शर्माले प्रस्तुत गर्नुभएको थियो।

भेलाले दुर्गा बहादुर रायमाझीको अध्यक्षतामा ११ पूर्ण, २ वैकल्पिक , २ सल्लाहकार गरी १५ सदस्यीय एरिया समितीको गठन गरेको छ।
अध्यक्षमा दुर्गा बहादुर रायमाझी उपाध्यक्ष भवानी खत्री क्षेत्री, सचिव डिल बहादुर जि एम, सह-सचिव तिलक शर्मा, कोषाध्यक्ष केशमान नेपाली, निर्वाचित हुनु भएको छ। समितीका सदस्यहरूमा चन्द्र बहादुर लुंगेली, शालिकराम शर्मा, पदममाया नेपाली, भैर बहादुर रायमाझी, हिमलाल शर्मा, लक्ष्मण नेपाली रहनु भएको छ।

यसैगरि वैकल्पिक सदस्यहरुमा हिमा जि एम, हरी केसी रहनु भएको छ भने सल्लाहकारहरुमा अनिश नेपाली, र विकास सुनार रहनु भएको छ।

नवनिर्वाचित समितिलाई चेन्नई पश्चिम नगर समितिका उपाध्यक्ष शशीराम थापा, नगर कोषाध्यक्ष एकादेव शर्मा, प्रकाश बहादुर नेपाली, महिला विभाग कमला नेपाली र भगवती खत्री सुनारले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।

कार्यक्रम दुर्गा बहादुर रायमाझीको अध्यक्षतामा तथा डिल बहादुर जिएमको सञ्चालनमा सम्पन्न भएको हो भने तिलक शर्मा र सास्कृतिक कलाकारहरुले स्वागत गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation