कृष्ण लाल गिरीकाे शाेक सभा सम्पन्न ।

खलंगा आश्विन ८ गते ।
राजमाे नेता बिष्णु गिरीका बुबा तथा राजमाे झिमरूक पालिका समितिकी सदस्य रमा गिरीका ससुरा बुबा स्मृतिशेष  कृष्ण लाल गिरीकाे निधनकाे नवाैं दिन वहाँ काे निवास झिमरूक ७ हिड्डाँडामा शाेक सभा सम्पन्न भएको छ।शाेकसभामा प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तथा पूर्व प्रदेश सांसद तारा जिसी,अखिल नेपाल किसान महासंघ प्यूठान जिल्ला सचिव खड्क ब एम्सी,राजमाे वार्ड सल्लाहकार कृष्णप्रसाद पाेख्रेलले शाेक मन्तव्य राख्नु भएको थियोे । क०गिरीकाे सम्झनामा एक मिनट माैनधारण छाेरा विष्णु गिरीकाे अध्यक्षता र राजमाे वार्ड सचिव केवि सुनारकाे संचालनमा सुरू भएको शाेक सभामा अखिल नेपाल युवक संघका वसन्त केसी,पूर्व जनप्रतिनिधि दुर्गा गिरी,जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेकम रसाइली,राजमाे केन्द्रीय सदस्य नारायण जिसी र बयाेवृद्व समाजसेवी  मुक्ति प्रसाद पाेख्रेलकाे पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation