भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु स्थानीय आक्रोशित

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् ।

चेकिङका क्रममा ना ६ ख २१७३ नम्बरको ट्रकले स्कूटरलाई ठक्कर दिएको थियो ।

स्कूटर चालकको शव निकाल्न घटनास्थलमा क्रेन लैजाने प्रयास गरे पनि प्रहरीमाथि नै स्थानीय जाइलागेपछि प्रहरी प्रतिरक्षाको स्थितिमा पुगेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टका अनुसार स्कूटर चालकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकको शिशा तोडफोड गरेका छन् ।

ट्रकले स्कूटर चालकलाई ठक्कर दिएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ एसपी विष्टले भने, ‘क्रेन घटनास्थलमा लगेर च्यापिएको शव निकाल्ने तयारीमा रहेको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation