भारतमा नेपाली विद्यार्थीको नयाँ नेतृत्व, परिवर्तनका लागि संगठित हुन पौडेलको आह्वान

 

खीमराज चालिसे
चंडीगढ़

“सिंगो देशलाई ब्युँझाउने र परिवर्तनको संवाहक बन्ने जिम्मेवारी हाम्रो काँधमा छ।” उक्त कुरा आज १४ जुन २०२६ को आईतवार सम्पन्न अखिल भारत नेपाली विद्यार्थी संघको सुदुर पश्चिमोत्तर क्षेत्रिय समितिको भेलाको उदघाटन गर्दै मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले बताउनु भएको हो।

पौडेलले मोमबत्ती बालेर कार्यक्रम उदघाटन पति प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै “नेपाली श्रमिकहरूका बीचमा मूल प्रवाहले आफ्नो भूमिका अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो- जनताको अभिमतलाई खाडलतिर लैजाने र जनविरोधी हर्कत गर्ने तत्वहरूका विरुद्ध हामीले सशक्त आन्दोलन गर्नुपर्छ। यसका लागि हजारौँ क्रान्तिकारी र परिवर्तनशील कार्यकर्ता निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाउनु आजको आवश्यकता हो।’

वहाले विद्यार्थी संगठन र युवाहरूको भूमिकाबारे विशेष चर्चा गर्दै विद्यार्थीहरूलाई संगठनको भविष्यको रूपमा चित्रण गर्नुभयो। उहाँले थप्नुभयो— “विद्यार्थीहरू हाम्रा संगठन निर्माण मार्गका बिरुवा हुन्। यिनै बिरुवाहरू भोलि गएर आन्दोलन र संगठनका बलिया खम्बा बन्नेछन्।”

अध्यक्ष पौडेलले भन्नु भयो ‘जनताको आँखामा छारो हाल्ने रविले आज हजारौँ सोझा-साझा जनताको पसिना र मिहिनेतबाट जम्मा भएको सहकारीको रकम ठगेर सर्वसाधारणलाई सताउने काम गरेका छन।सहकारी पीडितहरू आज सडकमा रोइरहेका छन्, तर शक्तिको आडमा जनतालाई ठग्नेहरू कानुनलाई चुनौती दिइरहेका छन्। यो भन्दा ठूलो राजनीतिक बेइमानी र अपराध अरू के हुन सक्छ?’

वहाले बालेन सरकारको आलोचना गर्दै मंहगी भ्रष्टचार र शुसाशन कायम गर्नुभन्दा गरिबको बस्तीमा डोजर चलाउने जनविरोधी सरकार, राष्ट्रियताको सौदाबाजी गर्ने दलालहरू र सहकारी ठगेर जनता रुवाउने सबैका विरुद्ध अब हामी जाग्नुपर्छ। यो अन्याय, अत्याचार र विकृतिका विरुद्ध सिंगो देशलाई ब्युँझाउने र परिवर्तनको संवाहक बन्ने जिम्मेवारी हाम्रो काँधमा छ।

कार्यक्रमलाई सम्वोधन गर्दै अर्का अतिथि मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले प्रवासको भूमिमा रहेर आफ्नो शिक्षासँगै आफ्नो हक, हित र अधिकारका लागि संगठित हुनु आफैंमा एक गौरवपूर्ण कार्य भएको बताउनु भयो। वहाले विद्यार्थीहरूको हक-अधिकारको रक्षा र देशभक्तिपूर्ण भावनालाई नयाँ कार्यसमितिको काँधमा अझ ठूलो जिम्मेवारी आएको र बुलन्द पार्न र आपसी एकतालाई झनझन प्रगढ बनाउन पर्ने धारणा राख्नु भयो।

भेलाद्धारा निर्वाचित समितीको घोषणा अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोख्रेलले प्यानल प्रस्तुति गर्नु भएको थियो।

भेलाले प्रतिक्षा थापाको (रोपड) को अध्यक्षता मा १७ पुर्ण ५ बैकल्पिक सदस्य र ५ सल्लाहकार गरि २७ सदस्यीय अखिल भारत नेपाली विद्यार्थी संघ सुदुर पश्चिमोत्तर क्षेत्रिय समिती गठन गरेको छ। जस्मा उपाध्यक्ष शिखर गाहा – जालन्धर, सचिव राम पंथी चंडीगढ़ , सहसचिव सहसचिव लक्ष्मी रास्कोटी- हिसार, कोषाध्यक्ष टेक चन्द- लुधियानालाई चयन गरिएको छ।

त्यसैगरि सदस्यहरुमा सुरज चालिसे – चंडीगढ़ संझना बिक-चंडिगढ, विवेक थापा- जालन्धर, दिपक चालिसे – चंडिगढ, सिमरन खडका -चंडिगढ, मनि चन्द – लुधियाना, कृती बिसी -हिसार, संझना खडका (बठिंडा), कबिता थापा- जालन्धर, लक्ष्मी परियार -जालन्धर, संदिप बगाले -जालन्धर, सुसीला क्षेत्री लुधियाना रहनु भएको छ।

यसैगरि बैकल्पिक सदस्यहरुमा सिमरन -रोपड, मुस्कान -रोपड, अमृता – जालंधर, अनन्या आचार्य पंचकुला डेराबसी, आरती नेपाली -श्रीगंगानगर रहनु भएको छ।

त्यसैगरि सल्लाहकारहरुमा दीक्षा सुनार -संगरुर, मीनाक्षी परियार संगरुर, मनोज सुनार बिकानेर , जिवन बिक बठिंडा, अनु राना रोपड रहनु भएको छ।

समारोहमा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडका, मूल प्रवाह केन्द्रीय सचिव कुल बहादुर बगाले, केन्द्रीय सदस्य नर बहादुर ओली, केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरे, नेपाली एकताका समाचार संयोजक एवं युगदर्शन सम्वाददाता खिमराज चालिसे, मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य प्रेम आचार्य, सांस्कृतिक क्षेत्रिय संयोजक जुना भन्डारी चालिसे, क्षेत्रिय सांस्कृतिक परिवारका बिल बहादुर गुरुङ, महिला क्षेत्रिय सदस्य जमुना खनाल, समता विभागका लिला बिक, राजमो नौवहिनी गाउपालीका प्युठानकी बसन्ता केसी लगाएतका अतिथिहरुले सम्वोधन गर्नु भएको थियो।

कार्यक्रम रामपंथीको संचालनमा तथा शिखर गाहाको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत लक्ष्मी रास्कोटी र सांस्कृतिक कलाकारहरुले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation