काभ्रे बस दुर्घटनामा ८ जनाको ज्यान गयो, उद्धार कार्य जारी

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित विपी राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको छ। तर घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन। मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation