
प्यूठान श्रावण ३१ गते ।
राष्ट्रिय जनमाेर्चा कि सदस्य स्मृति शेष मिठा देवि रसाइलीकाे निधन भएको नवाैं दिन राजमाे झिमरूक ७ काे आयाेजनामा शाेक सभा सम्पन्न भएको छ। मृतकका श्रीमान मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हनुमानगढ नगर समितिका सदस्य बिष्ण बहादुर रसाइलीकाे अध्यक्षतामा प्रारम्भ भएको शाेकसभाकाे संचालन राजमाे वार्ड सचिव केबि सुनारले गर्नुभएको थियोे । मृतक प्रति एक मिनेट माैनधारण पछि शाेक मन्तव्य राख्नेहरूमा राजमाे केेस नारायण जिसी,अखिल नेपाल शिक्षक संघ का गाेर बहादुर विक र जिल्ला समन्वय समिति प्यूठानका सदस्य तथा रक्तिम जिल्ला उपाध्यक्ष रेकम रसाइली हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व वार्ड सदस्य प्रेम रसाइलीकाे पनि आतित्थता रहेको थियोे । शाेकसभामा राजमाे झिमरूक वार्ड समिति ७ काे निर्णय अनुसार मिठा रसाइली बचाउ अभियानमा संकलन गरिएको रू २२१००/ रकम प्रमुख अतिथिले मृतकको श्रीमान बिष्ण बहादुर रसाइलीलाई हस्तान्तरण गर्नु भएको थियोे । मिठा रसाइली बचाउ अभियानमा हातेमालाे गर्ने सबै लाई धन्यवाद शाेकसभाका अध्यक्षले कार्यक्रम समापन गर्नु भयोे । राष्ट्रिय जनमाेर्चा झिमरूक ७ स्मृतिशाेष मिठा देवि रसाइली प्रति हार्दिक श्रद्धाञ्जली तथा शाेकसंतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।