मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने

काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने  भएको छ ।

साउन २६ देखि २९ गतेसम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनको मिति तय गरेको छ ।

मंसिर १३ देखि २३ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको प्रवक्ता सुदर्शनले जानकारी दिएका छन् ।

बैठकले पार्टीबाट अलग भएका धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई निस्कासन गरेको छ ।

साथै अराजक गतिविधि गरेको भन्दै भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेल लगायतलाई पनि निस्कासन गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation