देशका यी ठाँउहरुमा बर्षा हुने

बुटवल  : आज बिहानैदेखि  बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित मध्ययम वर्षा भइरहेको । आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती कोसि प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भए पनि बागमती र गण्डकी  प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षा हुने विभागको बुलेटिनमा जनाएको छ।

आइतबार र सोमबार पनि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने र गण्डकी र लुम्बिनीका  एक-दुई स्थानमा  भारी वर्षा हुने महाशाखाले जनाएको छ।

हाल देशभर नै मनसुनी वायुको प्रभाव रहेको बताउँदै महाशाखाले भारी वर्षा हुने स्थानमा रहने सबैलाई सतर्कता अपनाउन  आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation