
प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठको सो घटनामा मृत्यु भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर उनी बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको समाचार छ।