
पोखरा – एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिको पोखरामा सोरुम खुलेको छ। नेपालमा व्यावसायिक सवारी साधनको बिक्रीवितरणमा अग्रणी कम्पनी एमएडब्लूले पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याएको हो।
सोरुमको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे), एमएडब्लूका सिइओ तुषार गुप्ताले उद्घाटन गरे।
सोरुमले फोटोन र सोकोनका व्यवसायिक सवारी उपलब्ध गराएको छ। फोर्टनको हाइरुफ इभी भ्यान, टुनल्याण्ड र टिएम वानसहितका सवारी पोखरामै उपलब्ध भएको हो। सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ। यो भ्यानमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश रहेको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङले देशमा जलविद्युतको द्रुत विकास भइरहेकाले विद्युतीय सवारीसाधनको संख्या बढ्नुपर्ने बताए। विद्युतीय सवारी साधनको प्रयोगले सवारी धनीलाई मात्रै नभएर वातावरणलाई पनि सफा बनाउने उनको भनाइ थियो।
कम्पनीका सिइओ तुषार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गर्ने बताए। सबै प्रदेशका ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने योजना बनाएको उनले सुनाए।
सेल्स हेड नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीयसँगै पेट्रोलबाट सञ्चालन हुने सवारी पनि बिक्री हुनेछ। ११ देखि १६ सिटसम्मका सवारी उपलब्ध गराइने उनको भनाइ छ। समयको माग र आवश्यकतालाई ध्यानमा राखेर विद्युत्तीय सवारीलाई बढी प्राथमिकता दिएको उनको भनाइ छ।