भिवाडीमा मूल प्रवाहको दशौं नगर सम्मेलन सम्पन्न

भिवाडी, १७-१८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिको दशौं सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलन केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । खनालले सम्मेलनलाई सम्बोधन गर्दै भारत प्रवासमा नेपालीहरुलाई धेरैप्रकारका समस्याहरु झेल्नु परेको तर राज्य त्यसप्रति उदासिन रहेको बताउनु भयो । कतिपय व्यक्तिहरुले मूल प्रवाहको छविलाई धुमिल पार्ने कोशिसमा लागेता पनि उनीहरुको त्यो कोशिस असफल भइसकेको उपाध्यक्ष खनालले बताउनु भयो ।

अध्यक्ष- नारायण शर्मा, उपाध्यक्ष- रामबहादुर थापा, सचिव- कृष्टि राई, सहसचिव- अर्जुन नेपाली, कोषाध्यक्ष- किशोर राई, सदस्यहरुमाः काजीराम श्रेष्ठ, रामप्रसाद घिमिरे, देवबहादुर बगाले, देवमायाँ बगाले, किरण पुन, गिरबहादुर थापा, रमेश परियार, डिवी राना, गोविन्दे बुढामगर, टेक बहादुर दिशा, धुर्व थापा, सविता खत्री, वैकल्पिक सदस्यमाः डम्बर केसी, भिम बहादुर जिसी, होम बहादुर कुमाल, गोपीशर शर्मा र नरेश जिसी रहनुभएको छ । त्यस्तै सल्लाहकारमाः उमेश थापा, नारायण तिवारी, हेमु थापा, बुद्ध थापा र झग बहादुर थापा रहनुभएको छ ।

महिला विभाग :

संयोजक- सविता खत्री, सदस्यहरुमा क्रमशः सिता पाण्डे, फूलमायाँ कुमाल, निर्मला थापा, निकिता शर्मा, कल्पना परियार, मैती कुमाल, पुर्णीमा श्रेष्ठ, देवमायाँ बगाले, विष्णु पुन, शशि राना, फुलकुमारी राई, पवित्रा बुढाथोकी, रेखा खड्का, मिना भण्डारी र मिना थापा रहनुभएको छ । नवनिर्वाचित समिति र विभागको घोषणा केन्द्रीय सदस्य शिव केसीले गर्नुभएको थियो ।

कार्यक्रम काजीराम श्रेष्ठको अध्यक्षता एवं कृष्टि राईको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई रामबहादुर थापा र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य ज्ञान प्रसाद भुसाल, केन्द्रीय प्रतिनिधि राम बहादुर विक, क्षेत्रीय उपाध्यक्ष ओम थापा, क्षेत्रीय समितिका सदस्य विष्णु विसी, गोपाल भट्टराई अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता विसी, क्षेत्रीय अध्यक्ष सृष्टी राई, साँस्कृतिक विभागका धरम खनाल, नगर पार्षद अमित नाहटा, महिला क्षेत्रीय विभाग सकुन्तला थापा, रिवाडी नगर उपाध्यक्ष देवेन्द्र केसी, रेवाडी नगर उपाध्यक्ष देवेन्द्र केसी, नेपाल भारत धौलागिरी आपतकालीन संचयकोषको संस्थापक जीत बहादुर परियार, बाग्लुङ सेवा समाजदेखि विधुर पौडेल र नगर परिषद भिवाडीको पार्षद एवं मारवाडी र बंगाली समाजको अध्यक्ष अमित नाहटा लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अन्तमा साँस्कृतिक विभागका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता किशोर राईले भने सञ्चालन राम बहादुर थापाले र स्वागत राम प्रसाद घिमिरेले गर्नु भएको थियो । प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य बिक्रम राणाले मोमबत्ती बालेर उद्घाटन गर्नुभएको थियो । राणाले संगठनको पद्धति, कार्यकर्ता चयन प्रक्रिया र समाजको आवश्यकता बारे विस्तार पूर्वक विचार राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation