अर्घाखाँचीमा गाडी दुर्घटना ३ जना घाइते

रुपन्देही  ,पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परी दुई जना वडाध्यक्ष र चालक घाइते भयका छन।

घाइते हुनेमा अर्घाखाँची छत्रदेव एतेगाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष शालिकराम टण्डन र चालक हिमाल राना रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो । दाङ बाट  अर्घाखाँची हुँदै गुल्मी  आउँदै गरेको बेला  दुर्घटना भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation