बाघ र भैसीको लडाइँमा बाघको ज्यान गयो  

रुपन्देही , चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको र भैसीले प्रतिकार गर्दा ज्यान गएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिनुभयो ।

यस्तो घटना पहिलो भएको अध्यक्ष स्याङबोको भनाइ छ । उहाँले बाघ अत्यन्तै बुढो भएको हुदाँ भैसीको आक्रमणबाट मुत्यु भएको उनले बताउनुभयो ।

स्थानीय बलबहादुर राईको गोठमा आज बिहान ५:१५ बजेको समयमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् ।

बाघको मुचुल्का गरेर सौराहा ल्याएको छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरीरभरी घाउ छ । गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

बाघको थप पोष्टमार्टमका लागि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको वन्यजन्तु अस्पतालमा ल्याईएको समाचार छ। यो समाचार नेपाल टेलिभिजन को अन्लाईन पृष्ठ बाट लिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation