प्राइम कलेज र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच साझेदारी

काठमाडौँ – प्राइम कलेजले थाइल्याण्डस्थित अन्तर्राष्ट्रिय स्नातकोत्तर संस्था, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारी गरेकाे छ।

कलेजले एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग गरेकाे साझेदारी महत्वपूर्ण रहेकाे पनि जनाएकाे छ।

यस सहकार्यले प्राइम कलेजको शैक्षिक उत्कृष्टताप्रति प्रतिबद्धतालाई अगाडि बढाइ विद्यार्थीहरूलाई असाधारण शैक्षिक अवसरहरू र विश्वव्यापी परिप्रेक्ष्यहरू प्रदान गर्ने कलेजले विश्वास लिएकाे छ।

अब विद्यार्थीहरूकाे संयुक्त स्नातक र स्नातकोत्तर कार्यक्रमका दुबै डिग्रीहरू छ वर्षभन्दा कम समयमै पूरा हुने कलेजकाे भनाइ छ। यस्तै अब विद्यार्थीहरूले एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आफ्नो ट्यूशनमा ५०% भन्दा बढी छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्।

प्राइम कलेजमा विद्यार्थीहरूले आफ्नो स्नातक पूरा गरेलगत्तै स्नातकोत्तरको अध्ययन सुरु गर्न पनि पाउनेछन्।

एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका विविध अन्तर्राष्ट्रिय विद्यार्थीसँग प्राइम कलेजका विद्यार्थीहरूले अन्तर्क्रिया गरी विभिन्न संस्कृतिहरूसँग परिचित ग्रर्न पाउने कलेजकाे भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation