
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
सचिन (भारत) । भारत गुजरातको सचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त १८, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा मन्तव्य राख्दै उहाँले मूल प्रवाहले अनेकन् समस्यामा जकडिएका नेपालीलाई हरेक पाइलामा मुक्तिको बाटो देखाउने काम गर्दै आएको बताउनुभयो ।
‘दरिलो सङ्गठनले त्यो दायित्व पूरा गर्न सक्छ’ खनालले भन्नुभयो– ‘आफ्ना व्यक्तिगत कामको साथै सामाजिक काममा पनि ध्यान दिनुपर्दछ अनि मात्र हामी आफ्नो दायित्व पूरा गर्न सक्छौँ ।’
सबिन चौधरीको अध्यक्षता, हरि गिरीको सञ्चालन तथा नवीन गिरीको स्वागत मन्तव्यका साथै उक्त भेला सम्पन्न भएको थियो ।
अध्यक्षमा चौधरी
भेलाले सबिन चौधरी अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बाबुराम थारू, सचिवमा नवीन गिरी, सहसचिवमा करन विक र कोषाध्यक्षमा सुन्दर अर्याल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा हरि गिरी, सुभाष चौधरी, जानकी थापा, सङ्गीता परियार, सतिराम चौधरी, दीपक थापा र टिल्लु चौधरी रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा बलराम परियार, देव बुढामगर र धर्म नाथ तथा सल्लाहकारमा इन्द्रा सोनी रहनुभएको छ ।
महिला विभागको संयोजकमा थापा
त्यस्तै, भेलाले जानकी थापा संयोजक रहनुभएको १५ सदस्यीय महिला विभागको पनि गठन गरेको छ ।
विभागको सदस्यहरूमा सङ्गीता परियार, इन्द्रा सोनी, सावित्रा अर्याल, हिमा कुँवर, देवु साउद, सङ्गता रोकाय, शीतल चौधरी, दुर्गा बुढामगर, सीता थापा, कञ्चन क्षेत्री, देवकी रोकाय, निर्मला सलामी, डिला थापा र आशा सिंह रहनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्दबहादुर थापाको आतिथ्य एवम् सम्बोधन रहेको थियो ।