सरकारको निर्देशनमा खुल्यो टिकटक

बुटवल -सरकारले मन्त्री परिषद  बैठक बसेर टिकटक खुलाउने निणय गरे संगै टिकटक खुलेको छ।

नौ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने निर्णय लिएको छ । सरकारले प्रतिबन्ध खुलाउँदै गर्दा टिकटकमाथि केही शर्त भने लगाएको छ ।

‘टिकटकले नेपालको प्रचलित ऐनबमोजिम सामाजिक सञ्जालमा सूचीकृत हुनुपर्ने छ । साथै, नेपालको पर्यटन प्रवद्र्धनलगायत विषयमा सहयोग गर्नुपर्नेछ,’ मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।

तर शर्त राखिए पनि टिकटकमाथिको प्रतिबन्ध हटेको उनले जानकारी दिएका थिए ।

टिकटक कम्पनीलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनको भनाइ थियो ।

‘सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । यसका लागि नियमन गर्न तीन महिनाको परीक्षणकाल राखिएको  बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation