नेपालमा हुन्डाईकाे नयाँ क्रेटा सार्वजनिक: के छन् विशेषता?

काठमाडाैँ- नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।

कम्पनिका अनुसार क्रेटाकाे विशेषता भनेकाे राम्राे डिजाइन, हरेक भूभागमा सहजै गुड्न सक्ने र हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने हाे। मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिनुका साथै आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।

त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ।

यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन्। ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक जलवायु नियन्त्रण जस्ता विशेषताहरू क्रेटामा समावेश छन् ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाष्टिभ कुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्। १.५-लिटर पेट्रोल र १.५-लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ।

गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन्।

नयाँ हुन्डाई क्रेटा E, EPL, S(O), SX, S(O) CVT, SX Tech, SX Tech CVT र SX(O) CVT भेरिएन्टहरु तथा ६ भिन्न रंगहरूमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५,९६,०००/- लाख राखिएको छ।

लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation