बरेङलाई नमूना पालिका बनाउने लक्ष्य छ :अध्यक्ष कृष्ण प्रसाद शर्मा

बागलुङ जिल्ला बरेङ गाउँपालिकामा दोस्रो पटक अध्यक्षको कार्यकाल सम्हालिरहेका कृष्ण प्रसाद शर्मा जनताको सेवा गर्न पाउँदा आनन्द महशुस गर्छन् । वि.सं. २०७४ को निर्वाचनमा राष्ट्रिय जनमोर्चा पार्टीबाट बरेङ गाउँपालिकाको अध्यक्षको पदमा विजयी बनेका उनी ०७९ को निर्वाचनमा पनि पुनः सोही स्थानबाट उम्मेदवारी दिए र नेकपा एमालेलाई पराजित गर्दै पुनः अध्यक्ष पदमा विजयी बन्न सफल भए । त्यसयता उनी अहोरात्र जनताको सेवामा तल्लिन छन् ।
बागलुङ जिल्लाको साविक धुल्लुबाँस्कोट गाविस हाल बरेङ वडा नं. १ अन्तर्गत पर्ने पिता लिलाधर पौडेल र माता तिला शर्माका दोस्रो सन्तानका रुपमा जन्मिएका कृष्णप्रसाद कक्षा आठमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा लागे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को सदस्य भएका उनी, इकाई अध्यक्ष, जिल्ला सदस्य, जिल्ला अध्यक्ष हुँदै राष्ट्रिय जनमोर्चाको कुशल नेता बन्न सफल भएका हुन् । त्रिभुवन युनिभर्सिटीबाट शिक्षा संकायतर्फ स्नाकोत्तरसम्मको अध्ययन गरेका उनले ‘हुने खाने र हुँदा खाने’बीचको दूरि आफूले नजिकबाट देखेको र त्यसैलाई निर्मुल पार्न आफू राजनीतिमा लागेको बताउँछन् । ‘हुने खाने र हुँदा खानेबीचको दूरिलाई निर्मुल पार्नु नै मेरो राजनीतिक लक्ष्य हो, त्यसै अनुरुप मैले काम गर्दै आएको छु’ : शर्मा भन्छन् ।
अध्यक्ष कृष्ण प्रसाद शर्मासँग  (vishwanepali.com) अनलाइनकि सह – सम्पादक  पुष्पा महराले गरेको कुराकानीको अंशः
० नेपाली राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
– मेरो बाबा त्यतिबेला नै राजनीतिक चेत भएको व्यक्ति हुनुहुन्थ्यो । म कक्षा ८ मा पढ्दासम्म समाजमा भएको ‘हुने खाने र हुँदा खाने’बीचको खादललाई मैले निकै नजिकबाट देख्दै आएको थिए । समाजको यो विकराल खादललाई पुर्नका लागि त्यतिबेला नै मैले एक मात्र विकल्प ‘राजनीति’ हुनेछ भन्ने ठानिसकेको थिए । बाहैं्र महिना काम गरिकन पनि खान धौ÷धौ हुने श्रमबीजीको हकहितका लागि लड्छु भन्ने उद्दश्यले मैले वि.सं. २०५४ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को सदस्यता लिए । उमेर कलिलो भएपनि तत्कालिन अवस्थाको सामाजिक परिस्थितीले मलाई उमेरभन्दा परिपक्क बनाईसकेको महशुस हुन्छ अहिले । मुलुकमा त्यतिबेला माओवादी द्वन्द्व विकराल बन्दै गइरहेको थियो । म २०५५ सालमा अखिल छैठौको इकाइ अध्यक्ष भए । अरुका लागि केही गर्ने समय आयो भन्ने आत्मविश्वास बढ्दै गयो । त्यसपछि जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य हुँदै राजनीतिमा सक्रिय भए । २०६५ सम्ममा आईपुग्दा पढाईपनि सकियो र म राष्ट्रिय जनमोर्चामा लागेर अभिछिन्न रुपमा काम गरिराखेको छु ।
० समग्रमा नेपालको राजनीतिक मोहोल हेर्दा ठूला दलहरुले नै अग्रनी स्थान ओगटेको देखिन्छ । तपाई दुई पटक एकै स्थानबाट अध्यक्षको पदमा विजयी हुनुुहन्छ । यसको रहस्य के हो ? कसरी यो सम्भव भयो ?
– हो, नेपालमा यतिबेला नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीको नै वर्चस्व छ । म आफै चुनाव लड्दा पनि पहिलो पटक २०७४ मा नेकपा माओवादीका साथीलाई पराजित गर्दै अध्यक्ष पदमा म विजयी बनेको थिए । त्यस्तै दोस्रो पटक २०७९ मा व्यक्ति उही तर नेकपा एमालेबाट चुनाव लडेका तिनै साथीलाई पराजित गर्दै म अध्यक्ष बनेको हुँ । यसको अर्थ यहाँका जनताले मलाई रुचाए भन्छु । जबकी केन्द्रमा हाम्रो अध्यक्ष चित्र बहादुर केसी एक सिट मात्र छ । त्यसका बाबजुद मैले यस स्थानमा पटक पटक विजयी हासिल गर्नुमा यहाँका जनताले मैले गरेका काम र गर्न खोजेका कामप्रति उहाँहरु सन्तुष्ट हुनुहुन्छ भन्ने लाग्छ । जनताको भोट लिएर सत्तामा पुगेपछि आफ्नो रुप परिवर्तन गर्ने परिपाटी नेपाली राजनीतिमा व्याप्त छ । व्यक्तिगत लाभका लागि लागिपरेको देखिन्छ, जनताको दुःखलाई वेवास्ता गरेको देखिन्छ । म त्यसको विपक्षमा छु । म हरपल जनताको साथमा छु । मैले जनताको मन जित्न सके भन्ने लाग्छ ।
० तपाई अध्यक्ष हुनुभएपछि गर्नुभएका राम्रा कामहरु के–के हुन ?
– हाम्रो पालिका बागलुङ जिल्लामै अत्यन्तै विकट पालिका हो। यस पालिकाभित्र पर्ने पाँच वटै वडाले प्रदेश नं. पाँचका जिल्लाहरुलाई छोएका छन् । त्यसमा पनि सीमित स्रोत र साधनले भ्याएजति मैले काम गर्ने कोशिस गरेको हुँ । अहिलेसम्म राष्ट्रिय गौरवको कुनै पनि आयोजनाहरु छैन हामीसँग । त्यसका बाबजुद हामीले सक्दो कोशिस गरेका हौं ।
यातायात : हिँउदमा मात्रै मोटर चल्ने गरी सडकका ट्र्याकहरु खोलिएका थिए, त्यसलाई हामीले बाह्रै महिना टोल–टोलसम्म पनि पुग्न सकिने गरी सडक सञ्जाल विस्तार गरेका छौं । केहीमा कालोपत्रे पनि गरेका छौं । घर–घरमा विद्युत प्रवाहदेखि खाने पानीको पनि व्यवस्था गरेका छौं ।
जनताको भोट लिएर सत्तामा पुगेपछि आफ्नो रुप परिवर्तन गर्ने परिपाटी नेपाली राजनीतिमा व्याप्त छ । व्यक्तिगत लाभका लागि लागिपरेको देखिन्छ, जनताको दुःखलाई वेवास्ता गरेको देखिन्छ । म त्यसको विपक्षमा छु । म हरपल जनताको साथमा छु । मैले जनताको मन जित्न सके भन्ने लाग्छ ।
शिक्षा : शैक्षिक सेवा विस्तारका लागि पूर्वाधारमाभन्दा बढी जोड दिएर अगाडि बढेका छौं । शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयमा भौतिक संरचनाहरु लगभग सबैमा छ । यसपालिकामा आठ वटा माध्यमिक विद्यालय र एउटा सर्वोदय क्याम्पस रहेको छ । तर बढ्दो बसाईसराइले केही असर गरेको हुनाले विद्यार्थी संख्या कम छन् । भएका विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भनेर हामी लागिपरेका छौं । विद्यार्थीको रुची र प्रतिभा हेरेर गायन, बाध्यवाजन, कला के कस्तो छ सोही अनुरुप बेला–बेलामा तालिम पनि संचालन गरेका छौँ । त्यस्तै गुणस्तरीय पढाईका लागि प्राध्यापकहरुले पाठयोजना बनाई शिक्षकहरुलाई पनि विद्यार्थीसँग राखी हरेक दिन ‘नमूना कक्षा’ संचालन पनि गरायौं । शिक्षक तथा विद्यार्थीहरुलाई पनि काम कर्तव्य पूरा गराउन विधिसंगत तवरले अगाडि बढ्न सुझाव दियौं । शिक्षहरुलाई केही सेवा÷सुविधा दिएर अन्तर–विद्यालय शिक्षण अर्थात एउटा विद्यालयको शिक्षक अर्काे विद्यालयमा गराए पढाउनुपर्ने खालका कार्यक्रमहरु पनि संचालन ग¥यौं । कक्षा ५ कक्षा ८ र कक्षा १० विद्यार्थीहरुलाई पालिकाले मूल्यांकन परिक्षा लिने गर्दछौं । यसले गर्दा कुन पालिकामा शैक्षिक उपलब्धी कति छ भन्ने मूल्यांकन गर्न सकिन्छ । त्यस्तै पालिकाभरी नै सरकारी सुविधा लिने कर्मचारीले आफ्ना सन्ततीलाई नीजि विद्यालयमा पढाउन नपाइने नियम पनि ल्याएका छौं । मेरा दुई छोरा–छोरी पनि सामुदायिक विद्यालयमा पढ्दैछन् । यसले गर्दा सामुदायिक विद्यालयको स्तर बृद्धि हुने अपेक्षा गरेको छु । हामीले शैक्षिक क्षेत्रमा जति लगानी गरेका छौं, त्यो सोचेअनुरुपमा उपलब्धी भएको छैन, तर राम्रो बनाउने प्रयास जारी छ ।
स्वास्थ्य : हामीकहाँ यसअघि पाँच वटा मात्र स्वास्थ्य चौकीहरु थिए । नागरिकलाई आफ्नो घरबाट आधा घण्टा भन्दा बढी समय नलाग्ने गरी विभिन्न स्थानहरुमा स्वास्थ्य इकाइहरु स्थापना गरी उहाँहरुलाई स्वास्थ्य सेवा दिने गरेका छौं । गाउँपालिकामा १० शैयाँको अस्पताल निर्माण गर्ने भनि शिलान्यास पनि भयो । स्वास्थ्य क्षेत्रमा ‘कायापलट हुने’ २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ ३ सय ९६ तहमा शिलान्यास गरे । दुई वर्षभित्र भवन बनाइसकेर सञ्चालन गर्ने लक्ष्य थियो । त्यतिबेला नै हाम्रो पालिकाभित्र पनि अस्पतालको शिलान्यास गरियो । तर दुःखको कुरा, अन्यत्रको जस्तै हाम्रो पालिकामा पनि बजेट अभावका कारण त्यसले पूर्णता पाउन सकेको छैन । अस्पताल शिलान्यासपछि अलपत्र परेको छ । पहिलो वर्ष आएको बजेटले स्थानीयको जग्गा मिलानमा प्रयोग गरियो, दोस्रो पटक बजेट नै रोक्का गरियो । पालिकाको खर्चमा बरेङ–२, हुग्दिशिरमा डाक्टरहरु राखेर कोभिडको समयमा जनतालाई सेवा दियौं । तर त्यो लामो समय भएन । जुन वर्ष अस्पताल निर्माणका लागि ठेक्का खुल्यो त्यसको लागि सरकारले बजेट दिने भयो, हाम्रोमा उद्घाटनको वर्ष ठेक्का खुल्न सकेन । जग्गा विवाद मिलाउनतिर लाग्यौं । पालिकाकै लगानीमा डिपीआर, माटो परिक्षणसमेत गरेका थियौं, चारकुने जग्गा चाहिने भएकाले अलिक ढिलाई भयो, स्थानीहरुले अस्पताल बन्नेभएपछि निःशुल्क जग्गा दान पनि गर्नुभएको थियो । तर ढिलाई भएपछि अहिले अब सरकारले बजेट दिन नसक्ने भनिदियो । अनि ढुंगा गाडेर अस्पतालको शिलान्यास गरिएको सो स्थान अलपत्र परेको छ । त्यैपनि आश मारेका छौनौं । अस्पताल निर्माणका लागि संघीय सरकारसँग पनि बजेट माग गरेका छौं, भारतीय राजदूतावासमा पनि यस्ता अलपत्र डिपीआर भइसकेका संरचना बनाउछ भन्ने सूचना पाएकाले हामीले पनि निवेदन पेश गरेका छौं । आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था भयो भने हामी काम सुरु गर्छाैं ।
बालबालिकाको सवालमा ‘उज्यालो बालबचत’ भन्ने मासिक दुई सय रुपैयाँ दिने गर्दछौं । गर्भावस्थामा कम्तिमा चार पटक अस्पताल चेकजाँच गराएको हुनुपर्ने, आमाको उमेर २० वर्ष कटेको हुनुपर्ने र बच्चाको दन्मदर्ता ३५ दिनभित्र गरिएमा मासिक बच्चाको नाममा पालिकाले रु २०० दिने र परिवारले थप गरेर राख्न पनि पाए । बच्चाको उच्च शिक्षाका लागि उज्यालो बालबचत संचालनमा ल्याइएको हो । बच्चा १८ वर्ष पुगेपछि मात्र उक्त रकम झिक्न पाउने व्यवस्था पालिकाले गरेको छ । समग्रमा अन्य स्थानीय तहको तुलनामा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकासमा हामीले लगानी पनि बढी गरेका छौं र त्यसको सकारात्मक प्रभाव पनि छ ।
० कृषिप्रधान मुलुकमा तपाईको पालिकामा कृषिमा स्तर उन्नतिका लागि के कस्ता पहलहरु गर्नुभएको छ ?
– हाम्रो पालिकामा आयआर्जनका सम्भावनाहरु भनेकै कृषि, पशुपालन, वन र पर्यटन हुन् । कृषि क्षेत्रको विकासका लागि हामीले यहाँ ‘कृषि प्राविधिक धार’ भनेर माध्यामिक विद्यालयलाई पढाएका छौं । बाहिरबाट हाईव्रिट विऊ ल्याउने, उत्पादन गर्ने र त्यसैबाट फलेकोले अर्काे वर्ष विऊको रुपमा प्रयोगमा ल्याउन समस्या हुने भएपछि यसै विद्यालयलाई नै ‘किसानबाट विऊ नखोसियोस’ भन्ने उद्देश्यले पालिकाले केही सहयोग गरी प्राविधिक विद्यालयको विकास गराएका छौं । कृषिमा आधुनिकरण र व्यवसायिक कृषि प्रणालीलाई आत्मसाथ गर्दै ‘एकीकृत’ उत्पादन प्रणालीलाई जोड दिएका छौं । अनुदानमा भन्दा पनि व्यवसायिक कृषिमा जोड दिन हामी यो प्रणालीलाई अघि बढाएका हौं । त्यस्तै बजारको पनि समस्या छ यहाँ त्यसैले एकीकृति प्रकारको उत्पादनमा जोड दियौं भने ठूलो परिमाणमा उत्पादन हुने भएपछि बढी ३०÷४० लाखको अनुदान दिनेगरी उत्पादन भयो भने सामान बजार पठाउन पनि सजिलो हुने भएकाले एकीकृत उत्पादन प्रणालीमा जोड दिएका छौं । कुनै एउटा समूह वा सहकारीले गाउँभरी यो कार्यक्रम संचालन गर्छ, जसले राम्रो गर्छ गाउँमा प्रोत्साहन गर्न उसैलाई अनुदान पनि दिने । जसको माध्यमबाट कृषकलाई पनि मद्दत हुने भयो । ठूलो परिमाणमा उत्पादन भएपनि त्यसलाई बजारमा ल्याउन पनि समस्या भएन ।  त्यसै कार्यक्रम अन्तर्गत हामीले गत वर्ष मात्रै ३० लाखको अनुदानको कार्यक्रम अघि बढाएका थियौं । जसबाट कृषक अत्यन्तै लाभान्वित भए ।
१० शैयाको अस्पताल निर्माण गर्न ढुंगा गाडेर शिलान्यास गरियो तर बजेट अभावले अलपत्र परेको छ । पहिलो वर्ष आएको बजेटले स्थानीयको जग्गा मिलानमा प्रयोग गरियो, दोस्रो पटक बजेट नै रोक्का गरियो । पालिकाको खर्चमा बरेङ–२, हुग्दिशिरमा डाक्टरहरु राखेर कोभिडको समयमा जनतालाई सेवा दियौं । तर त्यो लामो समय भएन ।
त्यस्तै उत्पादनमा आधारित जसले बढी उत्पादन गर्छ, त्यसैमा आधारित विभिन्न प्रविधिहरु हस्तान्तरण गर्ने, त्यसैसँग सम्बन्धित तालिमहरु संचालन गर्ने, परम्परागत उत्पादनहरु हुन्छन्, त्यसलाई आधुनिकीकरण र व्यवसायिकरणका लागि जोड दिन पालिकाबाट सहयोग पनि गर्छांै । यो अन्य पालिकाको तुलनामा हामीले केही फरक गर्न खोजेका हौं । माहुरी पालन, कालिज पालन, ट्रनेल खेती, उन्नत जातका बोका पालनका लागि आवश्यक बाख्रा पालन, माछा पालन, घाँस उत्पादन लगायतमा हामीले सहयोग गरेका हौं । हामीले जुन रफ्तारको सोच राखेर सहयोग गरेका हौं, त्यत्ति नै परिणाम त आएन । तर यसको प्रभाव सकारात्मक भने छ ।
० तपाईको पालिकामा महिला सशक्तिकरण र जनजातीलाई अगाडि बढाउन के कस्ता पहल कदमी चाल्नु भएको छ ?
– हाम्रो पालिकाका महिला तथा पिछडिएका दलित वर्गको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु अघि सारेका छौं । उहाँहरुले गर्ने कृषि व्यवसाय लक्षित  सहयोग छँदैछ, त्यसका अलावा उहाँहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि बेला–बेलामा प्रशिक्षण तथा मोटिभेसनल कार्यक्रमहरु पनि ल्याएका छौं । विभिन्न वडाहरुमा महिलाका लागि, दलितका लागि, पीछडिएका वर्गका लागि ‘म÷हामी किन पछि पर्यौं वा ‘म÷हामी अवसर पाए के केसम्म गर्न सक्छौं’ भन्नेबारे उहाँहरुलाई प्रशिक्षण दिँदै आएका छौं । उहाँहरुको जीवनस्तर उकास्न मद्दत होस् भन्ने उद्देश्यले कृषि उत्पादनका लागि टुक्रे अनुदानको नाममा बाख्राका पाठा–पाठी, कुखुराका चल्ला, माछाका भुरा अनुदानमा दिने गर्दछौं । जनजातीको सवालमा उहाँहरुको भेषभुषा, भाषा संस्कृति संरक्षणका लागि उहाँहरुले ल्याउनुभएका कार्यक्रमहरुलाई समर्थन गर्दै आएका छौं । जुन आगामी दिनहरुमा पनि यसलाई हामी निरन्तरता दिनेछौं ।
० पालिकामा पर्यटकीय अवस्था कस्तो छ ?
यस गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुलाई विभिन्न वडामा सूचीकृत गरेका छौं । जसमध्ये जिल्लाकै  प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । यो वडा नम्बर ३ मा पर्दछ । यस मन्दिरमा देशभरबाटै आउने आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ । देवि बहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने जनबिश्वास रहेको छ । त्यस्तै वडा नं. १ मा रहेको भूमेष्थान र ‘कालिलेक’ भन्ने छ । यो खुला स्थान भएकाले यहाँ वनभोजका लागि मानिसहरु आउने गर्दछन् । त्यस्तै वडा नं. २ कौडेको लेक भनिने ऐतिहासिक स्थान रहेको छ । यो सबैभन्दा अग्लो स्थानमा रहेकाले यहाँबाट हाम्रो पालिकाका सबै भू–भाग देख्न सकिन्छ । त्यस्तै दक्षिणपट्टी रहेका थुप्रै झरनाहरु देख्न सकिन्छ । वडा नं. १ र २ को संगम स्थलमा फनपार्क निर्माण गरेका छौं । पालिकाको ४ नम्बर वडाभित्र भैसेखोला झरना र खहरेखोला नामक मनमोहक झरनाहरु रहेका छन् ।  त्यस्तै सिग्दी होमस्टे, भुमेथान, देउराली, फुटबल खेलमैदान, वनभोज स्थल जस्ता विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना बोकेको ठाउँ रहेको छ । यी क्षेत्रहरुमा दैनिक सयौंको संख्यामा मानिसहरुको आवत–जावत हुने गर्दछ । बाह्य पर्यटकहरु कमै पुग्ने गरेको भएपनि आन्तरिक पर्यटकहरुको भने भीड नै लाग्ने गर्दछ । छिमेकी जिल्लाहरु गुल्मी, पर्वत, बागलुङ तथा प्रदेश नम्बर पाँचका जिल्लाहरुबाट पनि यहाँ मानिसहरु फोटा खिच्न तथा घुम्नका लागि आउने गर्दछन् ।
० युवा विदेश पलायन यतिबेला नेपालमा महामारी नै बनेको छ । यसलाई रोक्नका लागि तपाईको पालिकाले के–कस्तो नीति ल्याएको छ ?
युवा विदेश पलायन नेपालमा विकराल समस्या बनेको छ । यसबाट हाम्रो पालिका पनि अछुतो हुन सकेको छैन ।
स्थानीय युवा समूहहरु बनाउने, उनीहरुलाई स्थानीय उत्पादनमै लगाउने भनेर निकै प्रयत्न पनि गर्यौं । सुरुवाती चरणमा निकै उत्साहित भएर काम पनि गर्ने र विस्तारै–विस्तारै ‘अर्काे विदेश गएको छ, उ सुकिलो मुकिलो भाको छ, पैसा कमाको’छ, म यस्तो’ भन्ने जस्तो विदेश मोहले विदेश पलायन हुने अवस्था छ । यस पालिकाभित्रै पनि व्यवसायिक तवरले सफल भएका फार्महरु बन्द गरेरै विदेश पलायन भएका थुप्रै छन् । सिरानीमा पासपोर्ट राखेर बस्ने र विदेश अप्लाई गर्ने, त्यतिन्जेल गाउँमा बस्ने, भिसा आउनासाथ सब छोडेर विदेश सुइकुच्चा ठोक्ने युवा जमातको विदेश मोहलाई रोक्न सकिएको स्थिती छैन । त्यस्तै ब्राहमण, क्षेत्री, थकाली तथा दलित जातिको बसोबास रहेको यस पालिकामा तुलनात्मक रुपमा ब्राह्मण क्षेत्री समूदायहरुले बसाईसराई गरेको बढी देखिन्छ । उहाँहरु युवा पुस्ता विदेशतिर लागेपनि उहाँहरुका परिवार पनि शहरकेन्द्रित बसाई सराई गर्नुभएको छ । गाउँ सुनसान हुँदै गएपछि हामीले एकीकृत बस्ती विकास भनेर २०७५ सालमा थोरै थोरै धुर घर भएका वस्तीहरुलाई तल उत्पादन योग्य ठाउँमा घर बनाउने निश्चित अनुदान हामीले दिएर जग्गाको व्यवस्थापन पनि पालिकाले गरिदिनेगरी प्रस्ताव अघि बढायौं । टाढा टाढा बाटो, विजुली, पानी व्यवस्थापनका लागि समस्या हुनुभन्दा एकीकृत वस्ती विकासको योजना ल्यायौं । तर, त्यो खासैप्रभावकारी भने हुन सकेन । आफ्नो सम्पत्ति छोडेर तल नआउने बरु छोड्नै परे अयन्त्र भने जान तयार हुने स्थिती देखियो ।

०एकजना व्यक्तिले दुई कार्यकाल अध्यक्षको पद सम्हालिरहँदा काम गर्न के–कति कठिनाई हुँदो रहेछ ?
– जनताले विश्वास गरेर मेरो काम गर्ने तरिका, शैली मन पराएर नै मलाई विश्वास गर्नुभएको हो । काम गर्दा पनि विधि–पद्धति अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । त्यसैले नियममा बसेर काम गर्दा एउटा कुन पार्टीको अर्काे कुन पार्टीको भएर खासै त्यस्तो अप्ठेरो परेको छैन । हामी आफैले पनि देखेका छौं, जायक काम हुँदा हुँदै पनि राजनीतिक विचार अलग हुँदा विवाद भएर काम रोकिएको । तर अहिलेसम्म हामीले त्यस्तो कुराको सामना गर्नुपरेको छैन । अहिलेसम्म १३/१४ वटा गाउँ सभाहरु सम्पन्न गरियो । कुनै पनि सभालाई दुई दिन लगाइएको छैन । राजनीतिक विचार फरक राख्न पाइन्छ । मेरो विचारमा नेतृत्वले जब स्वार्थ राखेर कुनै काम गर्न खोज्यो भने अन्यले पनि स्वार्थ राख्नु र विवाद हुनु सामान्य हो । तर हामीले पालिकाभरी अध्ययन गरी कुन स्थानमा के कुरा आवश्यक छ र आवश्यकताका आधारमा काम अगाडि बढाउने हो । यसले गर्दा साथीहरु पनि सहमत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation