चेन्नै पश्चिममा मुल प्रवाह महिला विभाग गठन

लाेकेन्द्र पाैडेल (दक्षिण भारत चेन्नै
दिनाङ्क 25 अगष्ट 2024 का दिन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय महिला विभाग द्वारा संचालित चेन्नै पश्चिम नगर महिला विभागकाे गठन सम्पन्न भएकाे छ । कमला शर्मा काे संचालन र लाेक कुमारी थापाकाे अध्यक्षतामा अगि बढेकाे कार्यक्रमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपाली , दक्षिण भारत क्षेत्रीय काेषाध्यक्ष लाेकेन्द्र पाैडेल,क्षेत्रीय सदस्य बुद्विराम पाैडेल ,क्षेत्रीय सदस्य किशाेर शर्मा,नेत्रलाल शर्मा,क्षेत्रीय महिला विभाग बाट चन्द्रिका पाैडेल ,रक्तिम विभाग बाट डिल बहादुर जि.एम.ले अतिथि आशन गर्नु भएकाे कार्यक्रमलाई सुजाता शर्माले उपस्थित जनमानस लाई शब्द द्वारा स्वागत गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि काे लाेकेन्द्र पाैडेलले महिला हरु आ आफ्नो ठाउ बाट गाेल बन्द भएर मुल प्रवाह मा आबद्ध हुन सकेमात्र महिला मुक्ति आन्दाेलन सम्पन्न हुने बताउनु भयाे । कार्यक्रम सफलताकाे शुभकामना दिनुहुनेमा केशमान नेपाली ,बुद्विराम पाैडेल,नेत्रलाल शर्मा,चन्द्रिका पाैडेल,डिल बहादुर जि.एम,चेन्नै पश्चिम नगर समिति बाट दुर्गा बहादुर रायमाझी , प्रकाश नेपाली रहनु भएकाे थियाे। भेलाले गुमा कुमारी शाहीकाे संयाेजकत्वमा १७ सदस्यीय चेन्नै पश्चिम महिला विभाग काे प्यानल केन्द्रीय सदस्य केशमान नेपाली ले प्रस्तुत गर्नु भएकाे थियाे । जसमा काेकिला थापा,चन्द्रिका पाैडेल,कमला शर्मा,हिमा जि.एम.,लाेक कुमारी थापा,चुमा भण्डारी,अन्जु राेका,कमला नेपाली ,देवि नेपाली ,पदममाया नेपाली ,अनिता गिरी,कविता राेका , सुजिता शर्मा,निर्मला नेपाली ,टिका नेपाली ,माया परियार रहनु भएकाे छ । भने नव निर्वाचित समितिलाई चेन्नै पश्चिम नगर सदस्य तिलक शर्माले बधाई दिनुभएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation