
हैदराबाद, रामप्रसाद पौडेल ,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गतका हैदराबाद का तिनओटा नगर समिती हरु उत्तर,मध्य र दक्षिण नगर समितिका नगर सम्मेलन आगामी डिसेम्बर २१ र २२ तारिक २०२४ का दिन हुन गइरहेको सन्दर्भमा सम्युक्त भेला हैदराबादको सेकेन्दराबादमा सम्पन्न भएको छ।उक्त कार्यक्रम का प्रमुख अतिथी मूल प्रवाह का केन्द्रीय महासचिव प्रेम पौडेल हुनुन्थ्यो।उहाँ ले कार्यक्रम लाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ले भारत प्रबासमा रहने आम नेपाली हरुबिच आइपर्ने विभिन्न प्रकारका समस्या हरुको समाधान गर्दै आइरहेको हुनाले नै असल अबिभाबक भएको प्रष्ट पार्नुभो।संगठन को गौरबपुर्ण इतिहास लाई निरंतरता दिनको लागि सम्पुर्ण कार्यकर्ताहरू ले आफ्नो काधमा आएको जिम्मेवारी पूरा गर्न तत्पर रहनुपर्ने बताउनुभो।कार्यकर्ता हरुको कार्यशैली र सामाजिक व्यबहार ले नै संगठन को बिकास गर्न सक्ने हुनाले नै सम्पुर्ण कार्यकर्ता हरु जनतासङ निरन्तर सम्पर्कमा रहि संगठन को नीति र योजना अनि कार्यक्रम को सुचित गराइराख्नु पर्ने कुरामा जोड दिनुभयो।त्यस्तै देशभित्र को राजनीतिक पार्टी हरु बारे चर्चा गर्दै सबै सत्ता केन्द्रित बिचार ले ग्रस्त भै भ्रष्ट भैसकेको बताउनु भयो , त्यस्तै हिजो मसाल को राजनीति गलत भयो दक्षिणपन्थी भयो भनेर आरोप लगाउने ” क्रान्तिकारी ” हरु आज आफ्नो राजनिती को गन्तव्य पत्ता लगाउन सकिरहेका छैनन् ,आफ्ना एजेन्डा हरु को बारेमा मतैक्यता छैन,प्रष्ट बिचार छैन,प्रष्ट निति छैन त्यही भएको कारण एकता अधिबेशन गर्न नपाउदै उनीहरुको पार्टी जताततै बाट टुक्राटुक्रा परेको अवस्था छ।पद लोलुप्ता र गुतगत स्वार्थ ले घर गरिरहे को छ,यस्तो अबस्थामा पार्टी संगठन मा अनुशासन को निकै ठूलो महत्व हुने गर्दछ।यतिखेर भारतमा पनि केही संगठन हरुले ” बालुवाको घरबाट बन्दुक देखाइ तर्साउने” काम गरिरहेका छन त्यो उनिहरुको हतास मानसिकता को पराकाष्ठा भएको बताउनुभयो।कार्यक्रम मा मूल प्रवाह का केन्द्रीय सदस्य भिम बहादुर थापा,केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले शुभकामना मन्त्ब्य दिनुभएको थियो।
कार्यक्रम मा मूल प्रवाह का भु पु केन्द्रीय सदस्य खिम बहादुर बिक,केन्द्रीय सदस्य कृष्ण बहादुर थापा,क्षेत्रीय सदस्य राजु दुलाल,क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला सम्योजक पुस्पा पौडेल ,क्षेत्रीय सदस्य तथा सास्कृतिक बिभाग कि सम्योजक माया थापा को आतिथ्यता रहेको थियो।कार्यक्रम को सन्चालन तिलक राना ,बिरबहादुर बिक को अध्यक्षता ,अतिथि हरुको आसन ग्रहण ,वीर सहिदहरु प्रती एक मिनेट मौन धारण पश्चात् मोहनलाल शर्माले स्वागत गर्नुभएको थियो।कार्यक्रम को उद्द्घाटन केन्द्रीय महासचिव प्रेम पौडेलले मैनबत्ती बालेर गर्नुभएको थियो। भेलाले तिलक रानाको सम्योजकत्वमा ३३ सदस्यीय मूल ब्यबस्थापन समिती को चयन गरेको छ भने विभिन्न उपसमिति हरु को पनि चयन गरेको छ।जसमा हल ब्यबस्थापन समिति मा सम्योजक तिलक राना,प्रचारप्रसार उपसमिति मा सम्योजक सुर्य बहादुर थापा रहेको २०१ सदस्यीय उपसमिति ,तेजेन्द्रप्रसाद शर्माको सम्योजकत्वमा आर्थिक उपसमिति ,माया थापा सम्योजक रहेको सास्कृतिक उपसमिति ,गोमा राना सम्योजक रहेको अतिथी सत्कार उपसमिति र वीर बहादुर बिक सम्योजक रहेको स्वयंसेवक उपसमिति को चयन गरेको छ।कार्यक्रम को दोस्रो शेसनको अध्यक्षता तेजेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो।