
काठमाडौं- गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्।
गीतमा डिपी खनालको शब्द र यम बरालकै संगीत छ। गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो ढंगमा देखाउन खोजिएको छ।
भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरको अभिनय छ। केशवराज भट्टले निर्देशन रहेको भिडियोमा विशाल थापाको छायांकन र दिप्सन शाहको सम्पादन छ।
‘बाख्रा करायो’ गीत पछिल्लो समयको सांगीतिक माहोल अनुसारको रहेको गायक यम बरालले बताए । ‘अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,’ उनले भने, ‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ। अब सक्रिय ढंगले लाग्नेछु।’ ‘बाख्रा करायो’लाई गायक बरालले ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत रिलिज गरेका हुन्।
भिडियो: