
प्युठान
जनता माध्यमिक बिद्यालय ऐरावती गाउँपालिका वडा नं ६ बिजुली प्युठानमा सामाजिक बिषय अध्यापन गराउँदै आएका कैलालीका ३८ वर्षीय चन्द्रप्रकाश सापकोटा लाई सोमबार बिहान ११ बजे ऐरावती ६ मडाई गाउँ नजिकैको गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन ।
उनी आइतवार ऐरावती गाउँपालिका बाट तालिम लिएर कोठामा फर्कने क्रममा बाटोमा अचानक मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।
जिल्ला प्रहरी कार्यलय प्युठानको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाई शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।