
मोरङ – विराटनगस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ। आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। अस्पताल प्रशासन प्रमुख निरज श्रेष्ठले आगलागी एकाएक सुरू भएको जानकारी दिए।
आईसीयूमा बिरामी नरहेको बताएका प्रशासन प्रमुख श्रेष्ठका अनुसार आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको थियो।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएका श्रेष्ठले आगो नियन्त्रणको प्रयास जारी रहेको उल्लेख गरे। उनले हाल आगलागीको क्षतिको विवरण संकलन हुने क्रम जारी रहेको बताए।