प्यूठानको झिमरुकमा चट्याङ लाग्दा ५ जना घाइते

प्यूठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सोमबार दिउसो चट्याङ लागेर झिमरुक गाउँपालिका–२ बाँधिकोटका ५ जना घाइते भएका हुन् ।

घाइते मध्ये ३ जनाको अवस्था सामान्य र २ जना अर्ध चेत अवस्थामा रहेको झिमरुक गाउँपालिका २ का वडाध्यक्ष कृष्ण पोख्रेलले बताए । उनका अनुसार झिमरुक गाउँपालिका–२ बादीकोटका १४ वर्षीया सन्ध्या परियार, २० वर्षीया बिपना परियार, ३२ वर्षीया सरस्वता एमसी., ११ वर्षीय सञ्जय जिसी. र २१ वर्षीया गीता एमसी घाइते भएका हुन् । घाइतेहरूको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation