अखिल (छैठौं) कैलालीको १६औं जिल्ला सम्मेलन सम्पन्न

कैलाली ,

अखिल (छैठौं) कैलालीको १६औं जिल्ला सम्मेलन कैलाली गाउँमा सम्पन्न भएको छ।

अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवाश जिसिको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष जगत जोशी, राष्ट्रिय जनमोर्चा डोटिका अध्यक्ष डवल वोगटी, प्रदेश सदस्य खड्ग राना, अखिल (छैठौं)का सुदुरपश्चिम अध्यक्ष टंक अवस्थी, पुर्व विद्यार्थी नेता नरेन्द्र विष्ट, अखिल नेपाल वुद्दिजिविसंघका शोभामणी भट्ट लगाएतका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथी जिसिले व्यानर पढेर उद्घाटनगर्नुभएको सम्मेलनमा सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको अध्यक्षता हिक्मत वहादुर शाही, संचालन दिनेश खड्का तथा स्वागत राजकुमार रानाले गर्नुभएको थियो ।

सम्मेलनले दिनेश खड्काको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ।

जसको उपाध्यक्षमा राजकुमार राना, सचिवमा अजय विक, सहसचिवमा ज्योति रावत र कोषाध्यक्षमा अर्चना चौधरी रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा हिक्मत शाही, विनोद राना, मनोज जोशी, संजित राना, सरिता जोशी, नितेश राना, सविना चौधरी, जानकी राना र प्रवीण राना रहनुभएको छ।

निर्वाचित समितिलाई गणेश चन्दले वधाई एवम शुभकामना मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथिले सपथ ग्रहण गराउनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation