धादिङमा बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते

धादिङमा बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ-मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation