रुपन्देही  भदौ ११ गते । शहीद सरोज शर्मा (शोभाखर धनञ्जय) को ३८ औं स्मृतिदिवस मनाईएको छ । अर्घाखांची निवासी शरोजको सम्झानमा नेकपा मसाल निकट जनवर्गिय संगठनहरुले शहीद शोभाखरको स्मृतिमा कार्यक्रम गरी सम्झेका छन् । शहीद सरोज शर्मा धनञ्जयको स्मृतिमा देश विदेशमा स्मृति दिवस मनाईएको छ ।

(भदौ ११) को सन्दर्भमामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा २०८१ भदौ ११ गते तदअनुसार अगस्त २७, २०२४ का दिन प्रेसवक्तव्य जारी गर्दै सिङ्गो सङ्गठनको तर्फदेखि खनालले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विज्ञप्ती निकाली शहीद सरोज शर्माप्रति स्दाञ्जली अर्पण गरेको छ ।

“क. सरोज शर्मा (शोभाखर धनञ्जय) हाम्रो सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी नेता हुनुहुन्थ्यो । सङ्गठनको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी सङ्गठनले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

हाम्रो सङ्गठनले स्थापनाकालदेखि नै कैयौँ आरोह र अवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । श्रमजीवी वर्गको विचारको रक्षाको प्रश्न नै हाम्रो सङ्गठनको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देश तथा प्रवासमा रहने श्रमजीवी नेपालीको बिचमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिको विचारको रक्षा गर्न सक्ने छौँ । हामीले दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट सङ्गठनको रक्षा गर्न हाम्रा अगाडि आउने सबै चुनौतीको सामना गर्न हामी तयार छौँ र रहिरहने छौँ । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।