राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा उदघाटन

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा उदघाटन ! धुल्लुबास्काेट, कुश्मिशेरा, अमलाचाैर, दुदिलाभाटी, सक्न्यार, बुर्तिबाङ र राजकुटमा सम्पन्न !!

२०८१ भाद्र १२ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको धुल्लुबास्काेट, कुश्मिशेरा, अमलाचाैर, दुदिलाभाटी, सक्न्यार, बुर्तिबाङ र राजकुटमा गरि सातै वटा टाेलिकाे कार्यक्रम उदघाटन भएको छ । जस अनुसार टाेलि नं १ काे कार्यक्रम बरेङ गाउँपालिकाकाे वडा न १ धुल्लुबास्काेटमा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पाैडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सदस्य तुफान पुन, चित्र बहादुर केसी लगायतले मन्तव्य दिनु भएको थियोे भने स्थानीय नेता तथा जनप्रतिनिधिहरुकाे अातित्थ्यता रहेको थियाे । कार्यक्रम वडा समितिका उपाध्यक्ष गंगा सुनारकाे अध्यक्षता, नवराज पाैडेलकाे सञ्चालन र नरसेन पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न १ कुश्मिशेरामा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नर बहादुर, राजमाे केन्द्रीय सदस्य डिल बहादुर दर्जी, जिल्ला सदस्य ठाकुर पौडेल लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष चित्र चापागाईकाे अध्यक्षता, वडा सचिव कृष्ण बहादुर थापाकाे सञ्चालन र  वडा समिति सदस्य त्रिविक्रम शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भयकाे थियो ।

टाेलि नं ३ काे कार्यक्रम बागलुङ नगरपालिकाकाे वडा न १२ अमलाचाैरमा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा, राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य लाेकनाथ शर्मा, याेगेन्द्र पाैडेल, जिल्ला सल्लाहकार टेक बहादुर अार सी लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा वडा समिति अमलाचाैरका अध्यक्ष घनश्याम बिककाे अध्यक्षता, सल्लाहकार गाेबिन्द पाैडेलकाे सञ्चालन र वडा समितिका सदस्य हरि पाैडेलकाे स्वागत मन्तव्यमा सम्पन्न भयकाे थियो ।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न १ दुदिलाभाटीमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगानाले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमान पुन, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के सि, जिल्ला सदस्य पदम श्रेष्ठ, लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघका भिम पुन लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम वडा समितिका अध्यक्ष रण बाहादुर बि ककाे अध्यक्षता, इन्द्र्सिह बुढाथोकीकाे संचालन र दुर्गा पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।

टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न २ सक्न्यारमा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदीले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, बडिगाडमा पालिका सचिव विमल श्रीस लगायत का अतिथिहरुले मन्तव्य दिनु भएको थियो । कार्यक्रम प्रेम पुनकाे अध्यक्षता, सचिन थापाकाे सञ्चालन र दाेर्ण वनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।

टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न १ बुर्तिबाङमा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तम बहादुर घर्ती, कमला पान्डे, रक्तिम अभियान केन्द्रिय सचिब सहबिन अर्गेजा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य ओम बहादुर बुढा लगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम ओम बहादुर घर्तिकाे अध्यक्षता,

निमलाल पान्डेकाे संचालन र झक प्रसाद श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न ७ राजकुटमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डेले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका सल्लाहकार प्रगति बुढा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य थमन घर्ती, अखिल नेपाल युवक संघ बागलुङका सदस्य भीष्म छन्त्याल लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम दान बहादुर बिककाे अध्यक्षता र भिम बहादुर बिककाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

कार्यक्रममा प्रमुख अतिथी, अतिथिहरुले राष्ट्रियता र गणतन्त्र धरापमा पर्न सक्ने खतराहरु अाैलाउदै देशकाे अर्थतन्त्रले थेग्न नसक्ने सघीयता खारेज गर्नु पर्नेमा जाेड दिनु भएकाे थियोे ।

अाजै टाेलि नं २ ले राष्ट्रिय तथा स्थानीय समस्यालाई उठान गरि जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनलाई  ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य   डिल बहादुर दर्जी, जिल्ला सदस्य ठाकुर शर्मा, पालिका सदस्य चन्द्र बहादुर केसी लगायतको उपस्थितीमा बुझाइएको थियो। ज्ञापनपत्र बुझे पछि मेयर, उपमेयर र प्रशासकीय अधिकृतले कार्यान्वयनका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation