मध्यरातमा पहिरो संगै सेती नदिमा खसे युवक

बझाङ : छबिसपाथिभेरा-१ परिङ्गालका पहिरो जाँदा घरसहित एक युवक सेती नदीमा खसेका छन्। छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खसेका हुन्।

रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका गिरी र घर एक्कासी सेती नदीमा झरेको थियो । सेती नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का,अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गरेका छन्। उनको शरिरभर चोट लागेको उनका दाई लक्ष्मिराज गिरीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation