प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई बुधबार नियुक्त गरेका हुन् ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीनवर्षे कार्यकाल पूरा भई अनिवार्य अवकाश पाउन लागेपछि सिग्देलले सेनाको नेतृत्व सम्हाल्न लागेका हुन् । गत २४ साउनदेखि नै उनले कायममुकायम प्रधानसेनापतिको रूपमा ९० हजारभन्दा धेरै सेनाको कमान्ड सम्हाल्दै आएका छन् ।

सिग्देलको नागरिकतालगायत सरकारी परिचयपत्र तथा प्रमाणपत्रमा फरक–फरक जन्ममिति रहेको भन्दै उजुरीसमेत परेको थियो । तर, सेनाले जन्ममितिमा विवाद नरहेको प्रस्टीकरण दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation