ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोमा भीम रावलको बिरोध

काठमाडौं । नेकपा एमालेको नेता भीम रावलले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति विरोध जनाउका छन्।

टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानको उल्लंघन भएको उनको तर्क छ।

उनले भनेका छन्, ‘टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरङ्कुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो।’

ओली र देउवाविरुद्ध नाराबाजी गर्नेहरूले भीम रावलको पक्षमा भने नारा लगाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation