
रुपन्देहीका अस्पतालहरुमा डेंगु सङ्क्रमित बिरामीहरुको चाप बढ्न थालेको छ । वर्षातका कारण पानी जमेका स्थानबाट संक्रमण फैलिने गरेको हो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा लगायतका क्षेत्रमा सङ्क्रमण बढी पाइएको छ ।
रुपन्देहीमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले थप फैलिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । चिकित्सकका अनुसार जिल्लामा गत पुस, माघदेखि सङ्क्रमण देखिन थालेको थियो । असार र साउनमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले रुपन्देहीमा एक सय ६० डेंगु सङ्क्रमित रहेको बताय।