प्युठानका डुकमान भारतको पटियालामा भेटिए

 

खिमराज चालिसे
चंडिगढ
२९ अगस्त २०२४

भारतको पंजाव राज्यको पटियालाबाट २३ अगस्त २०२४ देखि सम्पर्क बिहिन डुकमान बुढाथीकी वर्ष ३७ हिजो २८ अगस्त २०२४ को बेलुका पटियाला रेलवे स्टेशनमा भेटिएका छन ।

प्युठान जिल्लाको गौमुखि गाउँपालिका वार्ड नम्वर ७ नारिकोट निवासी मिन बहादुर बुढाथोकिका छोरा डुकमान बुढाथीकीको खोज तलासमा मूल प्रवाहले तिव्रता दिएसंगै उनि भेटिएका हुन।

जागिर खोज्न भनी भारतको पटियालामा पुगेका डुकमान विगत केहि समय देखि मानसिक रोगी रहेका थिए । उनि पंजाबको पटियालाबाट सम्पर्क बिहिन बनेपछि तनावमा रहेको परिवारमा अहिले उनी भेटिदा खुसीको लहर छाएको छ।

मूल प्रवाह पटियालाले डुकमान बुढाथीकीको उपचारमा गर्न आग्रह गर्दै उनका आफन्त मोहन थापालाई जिम्मा लगाएको पटियाला नगर अध्यक्ष विष्णु भुसालले जानकारी दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation