मुना पाण्डेमाथि गोली हान्ने पुरुष अमेरिकामा पक्राउ

अमेरिका । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबिशिंह शाहा पक्राउ परेका हुन् ।

उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन  प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर गरेको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation