बागलुङमा राष्ट्रिय जनमोर्चाको अभियान जारी ७ ठाउंमा सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान जारी आजपनि   ७ ठाउँमा सम्पन्न  भएको छ। बाटाकाचाैर, पैयुथन्थाप नारायणस्थान, मल्म, रणसिहकिटेनी, घाेसा, देविस्थानमा सम्पन्न  बरेङ र निसीखाेला गाउँपालिकामा ज्ञापनपत्र

२०८१ भाद्र १४ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं  संघीयताको खारेज गराैं ´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बाटाकाचाैर, पैयुथन्थाप, नारायणस्थान, मल्म, रणसिहकिटेनी, घाेसा, देविस्थानमा गरि सातै वटा टाेलिकाे कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार टाेलि नं १ काे कार्यक्रम बरेङ गाउँपालिकाकाे वडा न ३ बाटाकाचाैरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पाैडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सहसचिव तुफान पुन, अखिल नेपाल महिला संघ बरेङका अध्यक्ष तुल्सी बस्याल लगायतले मन्तव्य दिनु भएको थियोे । कार्यक्रम पृथी बहादुर पुनकाे अध्यक्षता, जमुना बुढाथोकीकाे सञ्चालन र मन बहादुर पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ९ पैयुथन्थापमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी,  राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगर प्रमुख नर बहादुर पुन, राजमाे जिल्ला सहसचिव शान्तकला शर्मा, जिल्ला सदस्य ठाकुर शर्मा, अखिल नेपाल किसान संघ बागलुङकाे उपाध्यक्ष हाेक बहादुर पुन, जातीय समता समाज बागलुङका सदस्य बिष्णुकली दर्जी लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम बिरेन्द्र थापाकाे अध्यक्षता, दिलिप परियारकाे सञ्चालन र थम बहादुर घर्तीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ३ काे कार्यक्रम बागलुङ नगरपालिकाकाे वडा न १४ नारायणस्थानमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टेक बहादुर अारसी, अखिल नेपाल उद्योग व्यापार संघ बागलुङका सदस्य केशव सुवेदी, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका राजेन्द्र सुवेदी, अखिल नेपाल युवक संघ बागलुङका सदस्य प्रकाश पाैडेल, प्रदिप पुन लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष राम बहादुर खडकाकाे अध्यक्षता, याेगेन्द्र पाैडेलकाे सञ्चालन र वडा समितिका सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न भयकाे थियो ।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ७ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के सि, जिल्ला सदस्य पदम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम दल बहादुर थापाकाे अध्यक्षता, मीन बहादुर दर्जीकाे संचालन र यसाेधा थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।

टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न ८, रणसिहकिटेनीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, जंग बहादुर बलाल लगायतका अतिथिहरुले मन्तव्य दिनु भएको थियो । कार्यक्रम लाेक बहादुर पाईजाकाे अध्यक्षता र लिल प्रसाद घर्तीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न ३, घाेसामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, कमला पान्डे लगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम हिरा बहादुर खत्रीकाे अध्यक्षता, नारायण घर्तीकाे सञ्चालन र नर बहादुर सुनारकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न २, देवीस्थानमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष खिम बिक्रम शाही, जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम

मन बहादुर नेपालीकाे अध्यक्षता र  लालबहादुर सिंजालीकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन ज्ञापन पत्र

अाजै टाेलि नं १ ले राष्ट्रिय तथा स्थानीय समस्याकाे बिषयमा स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सहसचिव तुफान पुन, सेर बहादुर थापा लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

टाेलि नं ७ ले राष्ट्रिय तथा स्थानीय समस्याकाे बिषयमा स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन निसीखाेला गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रेम बहादुर घर्तीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष खिम बिक्रम शाही, जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा लगायत पालिका स्तरिय नेता तथा कार्यकर्ताहरु रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका उपाध्यक्ष घर्तीले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation